fbpx

‘महिला चलचित्र महोत्सव’ सुरु

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको
उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गर्नुभयाे ।

कार्यक्रममा उपमेयर डंगोलले महोत्सव आयोजना भएकोमा खुसी व्यक्त गर्दै यसले चलचित्रमा धेरैभन्दा धेरै महिलालाई समेट्न टेवा पुगोस् भन्दै शुभकामना व्यक्त गर्नुभयाे । ‘अहिले चलचित्रमा महिला सशक्तीकरण बुलन्द रूपमा अगाडि आइरहेको छ । फिल्मको मेन चरित्र महिला पनि हुन थालेका छन्’, उहाँले भन्नुभयाे ‘काममा बराबरी, कुरामा बराबरी भए पनि परिश्रमिक
बराबरी छ त ? प्रश्न यहाँ उठ्छ ।’ फिल्ममा महिलालाई भूमिकादेखि पारिश्रमिकसम्म समान व्यवहार हुनुपर्ने उहाँको धारणा रहेको थियो । उहाँले थप्नुभयाे, ’‘महिला चलचित्र महोत्सव’ले चलचित्रमा नारीलाई अझ अगाडि ल्याउन मद्दत मिल्ने विश्वास लिएको छु।’

‘काठमाडौं महानगरपालिकाले क्रियटिभ सिटीका लागि फिल्म बिधा छान्यो’, उहाँले भन्नुभयाे, ‘हामीसँग भएको मूर्त अमूर्त सम्पदालाई राष्ट्रियकरण तथा अन्तर्राष्ट्रियकरण गर्ने हो भने त्यसको बलियो औजार फिल्म हो ।’ फिल्मबाट हामीले गीत, सहित्य, रहनसहन र सम्पदा सबै देखाउन सक्ने उहाँको भनाइ थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको स्टुडियोमा काठमाडौँ महानगरपालिकाको सहकार्य चाहेको बताउनतुभयाे । उहाँले बेग्लाबेग्लै स्टुडियो बनाउनुभन्दा उत्कृष्ट एउटै स्टुडियो निर्माण होस् भन्ने बोर्डको चाहना रहेको धारणा राख्नुभयाे ।

अध्यक्ष डिसीले तीनदिने महोत्सवमा तीनै दिन बेग्लाबेग्लै कार्यक्रम रहेको समेत जानकारी दिनुभयाे। कार्यक्रमले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न मद्दत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुषाल, चैत्यदेवी,सिंह, अभिनेता विश्व बस्नेत, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र पत्रकार संघका उपध्यक्ष कुबेर गिरी, कलाकार उत्तक केसी, सेन्सर बोर्डका सदस्य भूपेन्द्र खड्कालगायत थुप्रै चलचित्रकर्मीको सहभागिता थियो ।

महोत्सवको पहिलो दिन आज फिल्म ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । कार्यक्रमस्थलमा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दुर’ चलचित्रका महिला चलचित्रकर्मीको स्केचसमेत बनाएका थिए । कार्यक्रममा भुषाल र अभिनेता बस्नेतले फिल्म ‘सिन्दुरका अभिनयबारे अनुभव सुनाएका थिए । महोत्सवको दोस्रो दिन बुधबार महिलाद्वारा निर्मित तथा महिलामाथि बनेका चलचित्र प्रदर्शन र चलचित्रमा ‘नारी संवाद’ कार्यक्रम रहेको छ ।

त्यस्तै,अन्तिम दिन बिहीबार महिलाका विषयका नाटक प्रदर्शन तथा महिला चलचित्रकर्मी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम छ । चलचित्रकर्मी सशक्तीकरण समितिको अध्यक्षमा अभिनेत्री केकी अधिकारी रहेकी छन् ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन