fbpx

न्यू डायमण्ड राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको अन्तिम चारमा

author

समाचारपाटी

२ years अगाडि

साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । महिला तर्फ समूह ए को मङ्गबार भएको खेलमा न्यू डायमण्डले एभेरष्ट भलिबल क्लब माथि २५–७, २५–१० र २५–१२ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाएको हो ।

यस अघि डायमण्डले नयाँबजार सामाजिक युथ क्लबमाथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस समूहबाट नेपाल पुलिस क्लबले पनि अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । अव न्यू डामण्ड र पुलिस विचको खेलले समूह विजेताको टुङ्गो लाग्ने छ ।

आजै भएको महिला तर्फको अर्को खेलमा एपिएफले विजयी सुरुवात गरेको छ । एपिएफले गण्डकी प्रदेशलाई ३ –० को जित निकाल्दै ३ अंक जोडेको छ । एपिएफले गण्डकी माथि २५–१५, २५–१० र २५–११ अंकको जित निकालेको हो । नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई २५–१२, २५–२० र २५–११ ले पराजित गर्दै ६ अंकका साथ अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भएको छ । यस अघि पुलिसले न्यूटन भलिबल क्लबलाइ पराजित गर्दै ३ अंक जोडेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को खेलमा भारतीय खेलाडी सम्मिलित दावाँली मिलन क्लबले आफ्नो दोश्रो खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–१ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । दावाँलीले मणिमुकुन्दलाई २१–२५, २५–२१, २५–२२ र २५–२३ ले पराजित गरेको हो । समूह ए मा रहेको दाँवाली पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब संग पराजित भएको थियो । यस समूहबाट आर्मी पहिलेनै अन्तिम ८ मा स्थान बनाउन सफल भईसकेको छ ।

यस्तै अर्को पुरुष तर्फकै खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ । गण्डकीले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाएको न्यूटन भलिबल क्लबलाई २५–१२, २५–१७ र २५–२२ ले पराजित गर्दै ३ अंक जोडेको छ । यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुणमा आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि ८ पुरुष र ६ महिला क्लब छनौट हुने छन् ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...