भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

author

समाचारपाटी

२ years अगाडि

साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ । शुक्रवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने  जानकारी दिएको हो । महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ । पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिवद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकतावद्ध गराउने उद्देश्य रहेको बताउनु भयो । उहाँले साना तथा मझौला उद्यमीहरुको मुलुकभर सञ्जाल बिस्तार गरी उद्यमशिलता र बहुआयामिक उत्पादनहरुको विकास र प्रवद्र्धनका निम्ति सहजिकरण गर्ने उद्देश्यले ५ दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताउनु भयो ।

उहाँले मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामानहरु हस्तकला,लत्ताकपडा,कस्मेटिक सामग्री,दैनिक उपभोग्य सामानहरु,खाद्यान्न सामग्री,नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन,काष्ठजन्य घर सजावटका सामग्री,विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने बताउनु भयो। उहाँले प्रदर्शनीमा ७० वटा स्टल राखिने बताउनु भयो । उहाँले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको बताउनु भयो । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ ।

 

त्यस्तै महासंघकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र महिला उद्यमीहरुको विकास संरक्षण गर्नको लागि मेलाको आयोजना गर्न लागेको बताउनु भयो । उहाँले बजारिकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले महिला उद्यमीहरुको विकास प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार रहेको भन्दै प्रदेश सरकारहरुले प्रत्येक प्रदेशमा एक÷एक वटा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउन माग गर्नुभयो । उहाँले सरकारले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरणको लागि सहजीकरण गरे मात्रै उत्पादन वृद्धि हुनसक्ने बताउनु भयो । उहाँले सरकारले नै समय–समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला उद्यमी मेला आयोजना गर्न आवश्यक रहेको बताउनु भयो । 

महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरुले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्थलहरु बुक भइसकेको महासंघले जनाएको छ ।   


काठमाडौं

शनिबार, असार २८, २०८२

२३.०९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन