इतिहासमै पहिलोपटक पेरुले पायो महिला राष्ट्रपति

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपति रहनुभएकी डिना बोलुआर्ते राष्ट्रपति चुनिनुभएकाे हाे ।

यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ ।

यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो । त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताउनुभयाे । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो ।

शपथ ग्रहण गरेपछि बोलुआर्तेले अहिलेको संकट निवारणका लागि राजनीतिक शान्ति सम्झौता आवश्यक रहेको बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘यो देशलाई बचाउन मलाई थोरै समय चाहिन्छ ।’

महाअभियोग लागेर राष्ट्रपति पदबाट हटेका पेड्रो क्यास्टिलो
बीबीसीले बुधबार पेरुमा नाटकीय रुपमा राजनीतिक घटनाक्रम विकास भएको उल्लेख गरेको छ । बुधबार राष्ट्रपति पदबाट मुक्त हुनुअघि पेड्रोले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै संकटकाल लागू गर्ने घोषणा गर्नुभएकाे थियाे । उहाँले विपक्षी दलको बहुमत रहेको संसद भंग गर्ने घोषणा समेत गर्नुभयाे । त्यसपछि सरकारका धेरै मन्त्रीहरुले त्यसको विरोध गर्दै राजीनामा दिएका थिए ।

त्यसलगत्तै विपक्षी पार्टीहरुले संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गरियो । महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद रहे । १० जना सांसदहरुले भने भोटिङमा भाग लिएनन् ।

महाअभियोगको प्रस्ताव पारित भएपछि पेड्रो कास्टिलोलाई प्रहरीले नियन्त्रणमा लियो । कास्टिलोले सन् २०२१ मा राष्ट्रपति पद सम्हाल्नुभएकाे थियाे ।

बीबीसी


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन