आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता

author

समाचारपाटी

२ years अगाडि

पोखरा । आयोजक पोखरा महानगरपालिकाको टिम प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको विजेता बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना
गरेको प्रतियोगितामा आयोजक नै विजेता भएको हो ।

हरियोखर्क अस्पतालको टिम द्वितीय र महिला–पुरुष सहभागी मिक्स टिम तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार,१५ हजार र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा चार टिम सहभागी थिए । अपांगता खेलकुद समाज, कास्कीको टिमले सान्त्वना पुरस्कार स्वरुप ३ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र पाएको
छ ।

पोखरा महानगरपालिकाको टिमका भरत बानियाँले सर्वाधिक ८ स्कोर गर्दै सर्वाधिक स्कोररको ट्रफी र प्रमाणपत्र पाउनुभयाे । हरियोखर्क अस्पतालका सुरेश गौली म्यान अफ द म्याच घोषित हुनुभयाे । उहाँले पनि ट्रफी र प्रमाणपत्र पाउनुभयाे ।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् उपाध्यक्ष ध्वजकुमार गुरुङले महानगरपालिकाले खेलकुद विकास र खेलाडी उत्पादन गर्न निरन्तर प्रतियोगिता गरिरहेको भन्दै प्रशंसा गर्नुभयाे । उहाँले अपांगता भएकाहरुलाई प्रोत्साहन गर्न आयोजित प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयाे ।

खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ह्विलचेयर बास्केटबल प्रतियोगिताले अपांगता भएकाले पनि खेल्न सक्छन् भनेर राम्रो सन्देश दिएको बताउनुभयाे । पहिलोपटक प्रतियोगिता आयोजना गरेको र अब यसलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान