fbpx

मोरङमा जंगली हात्तीको बच्चा मृत फेला

author

समाचारपाटी

८ महिना अगाडि

विराटनगर । मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–६ दुर्गा मन्दिर टोलनजिक भक्तराज लिम्बूको केरा बगानभित्र छावा मृत फेला परेको हो।

भाले जातको छावा बुधबार बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीय र जनप्रतिनिधिले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए। सब डिभिजन वन कार्यालय लाटीझोडा एवं सब डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोली अहिले घटनास्थल पुगिसकेको छ।

लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृतविलाश पन्तले वन कर्मचारी र प्रहरीको संयुक्त टोली घटनास्थललाई सुरक्षित राखेको जानकारी दिनुभयाे। उहाँका अनुसार अन्दाजी ६ र ७ वर्षको जस्तो देखिने हात्तीको बच्चा केरा बगानभित्र मृत फेला परेको हो। छावाको मृत्यु हुनुको कारण खुल्न बाँकी रहेको पन्तले बताउनुभयाे।

यद्यपि, सुँडको छेउमा सामान्य चोट देखिएको छ। शरीरका अन्य भागमा अरु चोटपटक नदेखिएको पन्तको भनाइ छ। उहाँका अनुसार हात्तीको छावा कसरी व्यक्तिको नम्बरी जग्गाभित्रको केराघारीमा पुग्यो भन्ने यकिन भइसकेको छैन। घटनाको जानकारी कोशी टप्पु वन्यजन्तु आरक्षलाई गराइएको उहाँले बताउनुभयाे।

घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न आरक्षको टोली अहिले घटनास्थलतर्फ जाँदै छ। टोलीले छावाको पोस्टमार्टम गरेर अनुसन्धानको प्रक्रिया अघि बढाउने छ। पोस्टमार्टम र थप अनुसन्धानबाट मात्रै मृत्युको कारण यकिन हुने वन अधिकृत पन्तले बताउनुभयाे।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर