fbpx

खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते

author

समाचारपाटी

४ हप्ता अगाडि

जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् ।

निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् ।

जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

डीएसपी सापकोटाका अनुसार मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।

चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए ।

त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएको डिएसपी सापकोटाले बताए ।

श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने