काठमाडौं । कम्बोडियाका विपक्षी नेता केम सोखालाई २७ वर्षको जेल सजाय सुनाइएको छ। घरमै नजरबन्दमा रहेका सोखालाई अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर प्रधानमन्त्री हुन सेनको सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा सजाय सुनाइएको हो।
सोखा हाल विघटित कम्बोडियन नेश्नल रेस्क्यू पार्टीका नेता हुनुहुन्छ। उहाँलाई जुलाइमा हुने चुनावमा उठ्न र मत हाल्नसमेत रोक लगाइएको छ।
सोखालाई पहिलोपटक सन् २०१७ मा पक्राउ गरिएको थियो। सन् २०१३ मा अमेरिकाको प्रजातन्त्रिक समूहबाट सहयोग लिइरहेको भिडियोको आधारमा उहाँलाई पक्राउ गरिएको थियो। सन् २०१८ मा सरकारले उनको पार्टी नै विघटन गरिदिएको थियो।
सोखाविरुद्ध लगाइएको मुद्दालाई राजनीतिक प्रेरित भएको भन्दै हुन सेन सरकारको आलोचना पनि भइरहेको छ। मानवअधिकारवादी संस्था र पश्चिमा देशका सरकारले सोखालाई सुनाएको सजायको आलोचना गरेका छन्। अमेरिकाले सोखाविरुद्ध झुटा प्रमाणहरु खड गरि षड्यन्त्र गरेको बताइसकेको छ।