हेलसिन्की । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की पुग्नुभएको छ । पाँच राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा आएको फिन्निस राष्ट्रपति साउली निनिस्टोले बताउनुभएको छ ।
युक्रेनी राष्ट्रपतिले आफ्ना फिन्निस समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन नाटो को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उहाँले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्ने अधिकारीहरूले बताएका छन् ।
युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता हुनेछ ।