पोखरा मनिपाल कलेजमा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट) प्रदान गरिएको हो । मंगलबार दिपस्थित कलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गर्नुभयाे । कोट प्रदान गर्दै उहाँहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुभयाे । ह्वाइट कोटसँगै विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशिलताका साथ अघि बढ्नुपर्ने उहाँहरुको सुझाव थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले विद्यार्थीहरुलाई डाक्टरप्रति आम मानिसको मनोविज्ञान र त्यसमा खेल्नुपर्ने भूमिकाबारे धारणा राख्नुभयाे । उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह सुझावले स्वास्थ्य जिवनशैलिका लागि महत्वपुर्ण हुने उहाँको भनाई थियो ।

पोखरा मनिपालका बोर्ड सदस्य नारायण पौडेलले कलेजको गुणस्तरबृद्धिका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउनुभयाे । सामाजप्रतिको उत्तरदायित्व बहन गर्दै सुविधासम्पन्न सेवा उपलब्ध गराइने उहाँको भनाई थियो । मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपका सिइओ अनिल अडुविलले विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुभयाे ।

कलेजका डा. दयाराम पोखरेलले सेतो कोटलाई सम्मान गर्दै जिम्मेवार भएर सफल अध्ययनका लागि शुभेच्छा प्रकट गर्नुभयाे ।
कलेजका पहिलो ब्याचका विद्यार्थि डा. पदम बहादुर खड्काले विगत सम्झिदैँ मनिपालको विद्यार्थि हुनुमा गौरव रहिरहने सुनाउनुभयाे । डा. खड्काले विश्वकै स्वास्थ्य संस्थाहरुमा मनिपालबाट उत्तिर्ण विद्यार्थीहरुको बलियो प्रभाव पर्ने भएकाले मर्यादीत एवं जिम्मेवार भएर अघि बढ्न सुझाउनुभयाे । सो अवसरमा कलेजका विद्यार्थी एवं गोल्ड मेडलिस्ट डाक्टर जायज अधिकारीलाई सम्मान गरिएको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान