fbpx

मिथ्या आरोपकै भरमा छानबिन समिति बन्दैन भन्ने काँग्रेसलाई राम्रोसँग थाहा छः सन्तोष परियार

author

समाचारपाटी

१२ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली काँग्रेसले मिथ्या आरोप लगाएको बताउनुभएको छ । 

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसलाई संसदीय छानिबन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि संसदमा अवरोध झिक्ने काम गरिरहेको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन काँग्रेसले संसदमा मौका दिनुपर्ने बताउनु भयो । उहाँले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा काँग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्नु नहुने बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि छानबिन समिति बनाइरहनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले यो मुद्दा उठेको दिनदेखि भनेका छौँ की, जुन प्रश्न उठेको छ, त्यसको जवाफ यो हाम्रो व्यवस्थाको क्याबिनेटको प्रमुखका हिसावमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा जवाफ दिइसक्नुभएको छ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि जुन प्रश्न उठ्यो । त्यो प्रश्नको जवाफ दिन गृहमन्त्री तयार हुनुहुन्छ । त्यो मौका उहाँले दिनुपर्छ । जहाँसम्म समितिको कुरा छ, यो मिथ्या आरोपको भरमा एउटा व्यक्तिलाई जो सबैभन्दा बलियो जनमत लिएर आएको छ, जो यो देशको प्रमुख पार्टीहरुमध्ये एउटा शिर्षस्थ नेता हो । त्यो मिथ्या आरोपका भरमा उसका राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्नु हुँदैन । हामी समिति बनाउँदैनौँ भन्नेकुरा नेपाली काँग्रेसलाई स्पष्टसँग थाहा छ । यो समिति बनाइराख्नुपर्ने कुरा भएन ।’उहाँले आफूमाथि उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछाने तयार रहेको पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन