सांसद विकास कोष कार्यक्रम कार्यान्वयनका लागि सर्वोच्चले बाटो खोल्नुपर्छः प्रदीप यादव

author

समाचारपाटी

१ year अगाडि

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसद विकास कोष रोक्न फैसलामा पुनर्विचार गर्न सर्वाेच्च अदालतलाई आग्रह गर्नुभएको छ । 


सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने काम भईरहेका बेला उहाँले सो कोष कार्यान्वयन नगर्न गरिएको फैसलामाथि पुनर्विचार गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराउनुभएको हो । जनताले आफना निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरुलाई चिन्ने भएकाले पनि सो कोष न्यायालयले  रोक्न नमिल्ने उहाँको तर्क थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक यादवले सो कोष पूर्वाधार विकास कार्यक्रम भएकाले त्यसको कार्यान्वयन सरकारले गर्नेतर्फ पनि सर्वोच्च अदालतको ध्यानार्कषण हुनुपर्ने बताउनु भयो । उहाँले व्यवस्थापिकाको काममाथि न्यायपालिकाले हस्तक्षेप गर्न नमिल्ने पनि बताउनु भयो ।

प्रमुख सचेतक यादवले भन्नुभयो, ‘व्यवस्थापिको कामप्रति न्यायपालिकाले हस्तक्षेप गर्ने होइन । किनकी बजेट बाँडफाँडको काम सिंगो संसदको हुन्छ । न्यायपालिकाको हुँदैन सम्माननीय सभामुख महोदय । संसदको यो कार्यक्रम संचालन गर्ने होइन । यो कार्यक्रम कार्यपालिकाले गर्ने हो । यो पूर्वाधार विकास कार्यक्रम संसदले योजना छनौट गरिदिने मात्रै हो । यो छनौट योजना कार्यपालिकाले आफ्नो इन्जिनियर खटाउँछ, ओभरसियर खटाउँछ । र कार्यान्वयनमा जान्छ । संसदले गर्दैन । सांसदले बजेटमा रहेको यो यो कार्यक्रम गर्नुस भनेर देखाउने काम मात्रै हो । स्कुल बनाई दिनु, धर्मशाला बनाईदिनु, सडक बनाई दिनु । यो मात्रै काम संसदले गर्छ । तर यसको कार्यान्वयनको काम कार्यपालिकाले गर्छ । तर सर्वोच्चको बुझाईमा के भयो भने यो त सांसद विकास कोष हो । यो त सांसदहरुको व्यक्तिगत खातामा जाने हो । यसबाट सांसदले कार्यकर्ता पाल्छ, पेट्रोल खर्च चलाउँछ भन्ने गलत बुझाई प¥यो । त्यसकारण म सम्माननीय सभामुख महोदयमार्फत सम्मानीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत सम्पूर्ण न्यायमूर्तिजीहरुलाई के अनुरोध गर्न चाहन्छु भने यो पूर्वाधार विकास कार्यक्रम जुन सर्वोच्च अदालतले रोकेको छ । यसमा पुनर्विचार गरेर यो कार्यक्रम फुकुवा गर्नु प¥यो । किनकी जनताको विकासको कार्यक्रम रोकिएको छ । जनताले आफ्नो सांसदलाई चिन्छ, खोज्छ । सांसदले आफ्नो क्षेत्रमा जाँदा खोज्छ खै मेरो सडक बनाईदिनु भयो माननीयजी भनेर ? मेरो स्कुल बनाइदिनु भयो माननीय जी । जनताले खोज्ने हामीलाई हो, न्यायमूर्तिलाई होइन । त्यसकारण सम्मानित सभामुखमार्फत सम्मानित सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रमुख सचेतक यादवले जनताले न्यायमूर्तिलाई नभई सांसदलाई खोज्ने भएकाले सांसदको अधिकार कटौति गर्ने गरी फैसला गर्न नमिल्ने जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन