fbpx

दयारानी हेरेपछि पदम गिरीः सेरोगेसीका बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक छ

author

समाचारपाटी

४ महिना अगाडि

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृया (सेरोगेसी) का बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

बिहीवार नेपाली चलचित्र दयारानीको प्रिमियर शो हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सेरोगेसीबारे कानूनमा सम्बोधन गर्न नसकिरहेको अवस्था रहेको भन्दै बच्चा आफूसँग नहुँदा अभाव कसरी पूरा गर्ने भन्ने बारेमा कानूनले केही न केही सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले चलचित्र दयारानीले समाज र संस्कृतिका विभिन्न पाटाहरुलाई उजागर गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘फिल्मले समाज र संस्कृतिका विभिन्न पाटाहरुलाई उजागर गरेको छ । नेपाली समाजमा बच्चा नजन्माउँदा महिलाहरुले पीडा कस्तो हुन्छ ? कति पीडा भोग्छ । भन्नेकुराको गहिरो गरी अनुभुति हुनेगरी आएको छ । यस्ता घटना मेरो छिमेकमा धेरै नै छन् । श्रीमतीको मात्रै कमजोरी देख्ने, श्रीमानको कमी नदेख्ने कुरा यसमा छ । विश्वमा विभिन्न अभ्यास भएको छ । बच्चा नभए त्यस्तो सन्दर्भमा विभिन्न ढंगले पाल्न सकिन्छ, लिएर । सेरोगेसीको कुरा पनि छ । तर त्यो हामीले कानूनमा व्यवस्था गर्न सकेका छैनौँ । बच्चाको खालि हुँदा त्यसको अभाव कसरी पूरा गर्ने भन्ने आज पनि सोच्न सकिएको छैन, यसतर्फ कानूनले केही न केही सम्बोधन गर्नुपर्छ ।’ 

प्रिमियर शोपछि बोल्दै कलाकार कमलमणि नेपालले चलचित्रको कथा नेपाली समाजकै कथा रहेको बताउनु भयो । उहाँले एउटा समुदायको मात्रै कथा नभइ समग्र नेपाली समाजको कथा भएकाले सबैले हेर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘कथा एकदमै राम्रो छ । नेपाली समाजको कथा हो यो । एउटा समुदायको मात्रै कथा होइन । फिल्म छोटो मिठो छ । सबै हेर्नुपर्ने फिल्म हो ।’ 

अभिनेत्री दिया पुनले चलचित्र हेर्नेहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो