fbpx

काँग्रेसको नियतमाथि छानविन गर्न समिति बनाऔँः प्रमुख सचेतक महेश बर्तौला

author

समाचारपाटी

८ महिना अगाडि

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडी नबढाएको विषयमा काँग्रेसमाथि नै छानविन गर्नुपर्ने बताउनुभएको छ । 

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानविन भएन भनेर प्रश्न गर्नुभएको हो । उहाँले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै काँग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताउनु भयो । सरकारमा हुँदा जनताहरु सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘संसद प्रक्रिया विधि स्थापित मान्यताबाट चल्छ । स्थापित विधि र मान्यतालाई धज्जी उडाउँदै प्रमुख प्रतिपक्षले यसरी संसदका महत्वपूर्ण बिजनेसहरु, महत्वपूर्ण कामहरुलाई अवरोध गर्नेगरी जे कामहरु गरिराख्नुभएको छ । विधि स्थापित गर्ने ठाउँबाट विधिलाई सत्यनाश गर्ने, विधिलाई समाप्त पार्ने काम हुँदैछ । दुःखद् कुरा हो । प्रमुख प्रतिपक्षले आफ्ना आन्दोलनका रुपहरुलाई बदल्नुपर्छ । सांसदको कानून बनाउने मुख्य अभिभारा वा जिम्मेवारी अवरोध नगर्नका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गर्न चाहन्छु । यो संसदबाट समिति बनाउने नै हो भने पहिलो कुरा सरकारमा हुँदा काँग्रेसले किन बद्नियत राखेर दोषिका बारेमा, प्रश्न उठेका व्यक्तिका बारेमा अनुसन्धान गर्न चाहेन ? प्रक्रिया अगाडी बढाउन चाहेन ? त्यो नियतको बारेमा अध्ययन र अनुसन्धान गर्न समिति बनाउनुपर्छ । सरकारबाट बाहिर आउनेबित्तिकै प्रतिशोध साँध्नका लागि, सरकारबाट हट्ने बित्तिकै सहकारीबाट धेरै जनताहरु ठगिएका रहेछन् भनेर देख्ने ? सरकारमा हुँदा पट्टी बाँधेर हिँड्ने ।’ उहाँले काँग्रेसले संसदको स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद अवरुद्ध गरेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन