fbpx

प्रधानमन्त्री र मन्त्रीहरुलाई राजीनामा दिएर घरमै बस्न प्रमुख सचेतक ज्ञानबहादुर शाहीको सुझाव

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताउनुभएको छ । 

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले ललिता निवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा नीजि बनाइएको बताउनु भयो । उहाँले निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने उहाँको भनाई छ । निर्णय गर्नेलाई उन्मुक्ति  दिएर ब्ल्याकमेलिङका लागि व्यापारीलाई पक्राउ गरिएको उहाँले बताउनु भयो । यस्तो निर्णय कानुनी राज्यमा हुन नसक्ने उहाँको तर्क छ । उहाँले प्रधानमन्त्रीले फागुन ६ गते संसदमा बोल्ने क्रममा बालकुमारी घटनालाई हत्याको घटना भनेर बोलेको भन्दै हत्या भएको भए गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई जेल हाल्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘फागुन ६ गते प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अन्तर्गत एउटा शब्द उच्चारण गर्नुभयो । बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारीको घटना यदी हत्या हो भने हत्यारा आदेश दिन गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ? यदि हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्रीजस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन । प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरेँ भन्नुहुन्छ । तर सम्मानित अदालतले पक्राउ पुर्जि जारी गरेर मान्छे मारेको, हत्याको केसहरुमा पक्राउ पुर्जि जारी गरेका मान्छेहरु प्रधानमन्त्रीसँग चिया खाइरहेका छन् ।  कुममा कुम जोडेर हिडिरहेका छन् । के प्रधानमन्त्री यो देशको अदालतभन्दा ठूलो हो ? ललिता निवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को निर्णय गर्ने तत्कालिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा निजी बनाएर मन्त्री परिषद्को निर्णय गरेका उनीहरु उन्मुक्ति पाउने अनि व्यापारीलाई ब्ल्याकमेलका लागि पक्राउ गर्ने ? यो कानूनी राज्य हुन सक्दैन ।’

उहाँले देश झनझन गरिब भएको र भ्रष्टाचार बढिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरुमा कुनै भिजन नभएको भन्दै राजीनामा दिएर घर बस्न सुझाव दिनुभयो । उहाँले संसदीय व्यवस्था असफल भएको भन्दै यसको बारेमा सोच्ने बेला भइसकेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक