भारतले नेपाललाई १५ वटा राँगा दिने कुराको तथ्य के हो त ?

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं I भारतले नेपाललाई मुर्रा जातका १५ वटा राँगा उपलब्ध गराउने भएको छ । नेपाललाई भारतले १५ वटा मुर्रा भैँसी नभइ राँगा दिन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको यो सहमति अहिले निक्कै चर्चाको विषय पनि बनेको छ ।

सामाजिक सञ्जालमा पनि यो सहमतिलाई आ–आफ्नै तरिकाले चर्चा गरिएको छ । तर नेपालको प्रस्ताव अनुसार भारत १५ वटा मुर्रा जातको राँगा दिन सहमत भएको हो । भारतले दिने यी राँगा दुई वर्षभन्दा कम उमेरका हुनेछन् । निक्कै चर्चा र बहस भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले यसबारे थप प्रस्ट पार्ने तयारी समेत गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको सहमति अनुसार अब ती राँगा नेपाल भित्र्याउन प्रक्रिया सुरु हुनेछ । त्यसअनुसार भारतले नेपाल–भारत सीमा क्षेत्रमा ल्याइदिनेछ । त्यसपछि नेपालले ग्रहण गर्नेछ । ती राँगा अबको एकरडेढ महिनामा नेपाल भित्रिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यसअघि तत्कालीन कृषि मन्त्री महेन्द्रराय यादव दिल्ली गएका बेला त्यहाँको कृषि मन्त्रालयसमक्ष भैँसी र राँगाका लागि प्रस्ताव गर्नुभएको थियो । त्यही प्रस्तावअनुसार अहिले प्रधानमन्त्री प्रचण्डको भ्रमणमा सहमति भएको हो । आनुवंशिक स्रोतका लागि नेपालले मुर्रा जातको राँगा किन्ने प्रस्ताव गरेको थियो ।

मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारीका अनुसार नेपालमा दूधको उत्पादकत्व र उत्पादन वृद्धिका लागि मुर्रा जातका राँगा वा पाडा ल्याउन लागिएको हो । उहाँले भन्नुभयो,‘हामीले किनेर ल्याउनका लागि सहजै प्राप्त गर्न नसक्ने भएपछि सहायताका रुपमा अनुरोध माग गरिएको हो ।’ सङ्ख्यात्मक रुपमा १५ वटा भए पनि दूधको उत्पादन उच्च हुने भएकाले यो प्राप्त गर्न सक्नुलाई निक्कै महत्त्वपूर्ण मानिएको छ ।

डा। तिवारीका अनुसार नेपालमा रहेका मुर्रा जातका भैँसीले एक बेतमा १८ सयदेखि २२ सय लिटर दूध दिन्छन् भने भारतमा ४२ सय लिटरसम्म दिने उच्च नश्लका भैँसी रहेका छन् । मुर्रा भैँसी, दूध उत्पादनका लागि पालिने भैँसीको एक प्रजाति हो । यो जात भारतको हरियाणा तथा पञ्जाब राज्यमा उत्पत्ति भएको मानिन्छ ।

नेपालमा नश्ल सुधारका लागि विभिन्न जातका राँगा र साँढे भित्र्याउने गरिएको छ । भारतले दिन लागेका यी राँगा सरकारी फार्म राष्ट्रिय पशु प्रजनन कार्यालय सिरहाको लहान वा कास्कीको पोखरामा राखिनेछ । त्यहाँबाट वीर्य उत्पादन गरिनेछ । त्यसपछि किसानले पालेका भैँसीमा प्रयोग गरिनेछ ।

एउटा राँगाबाट धेरै भैँसीमा वीर्य प्रयोग गर्न सकिनेछ । यसअघि नेपालले कोरियाबाट उन्नत जातका एक सयभन्दा धेरै गाई र साँढे ल्याएको थियो ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन