देशको मौसम अनुगमन एजेन्सीकाअनुसार पश्चिमी मङ्गोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ । यस वर्षकै यो सबैभन्दा बढी चिसो हो । गत हप्ताको शुरुदेखि रूसको साइबेरियाबाट शुरु भएको चिसो मंगोलियाका अधिकांश स्थानमा रहेको छ । चिसो लहर आज पनि पनि जारी रहने अनुमान गरिएको छ । मौसम एजेन्सीकाअनुसार, डिसेम्बर २६, १९९६ मा मङ्गोलियाको इतिहासमा सबैभन्दा चिसो मापन गरिएको थियो । त्यसताका तापक्रम माइनस ५५.६ डिग्रीमा झरेको थियो ।
सिन्ह्वा