fbpx

‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । काठमाडौंमा आयोजित चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ । महोत्सवमा आफूले निर्देशन गरेको पहिलो फिल्मले नै उत्कृष्ट फिल्मको अवार्ड जितेकाेमा निर्देशक सरोज पौडेलले सामाजिक सञ्जालमार्फत खुशी साट्नुभएकाे छ ।

‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न । तर मेरो लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र हेम्जाकोटले नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिभला मा बेस्ट नेपाली फिचर फिल्मको उपाधि जितेको खबर सुनाउन पाउँदा वास्तव मै खुसी छु ।’ ‘मलाइ यहाँसम्म पुर्याउन साथ दिने मेरो घर, परिवार, इस्टमित्र, साथीसङ्गी, मलार्ई भरोसा गर्ने मेरा निर्माता तथा यस फिल्ममा मेहनत गर्ने कलाकार, प्राविधिक सबैको सामुहिक प्रयासबिना सायद सम्भव थिएन, निर्देशक पौडेलले भनेका छन्– ‘यस कार्यक्रमका आयोजक, सम्मानित देश–विदेशका जज, जुरि मेम्बरहरु जसले हाम्रो कामलाई यो लायक सम्झेर स्थान दिनुहुने सम्पुर्णमा धन्यवाद दिन चाहन्छु ।’ निर्देशक पौडेलले यो हौसलाले आफूलाई आफ्नो काममा अझै मेहनत गर्न, अगाडि बढ्न हौस्याएको उल्लेख गर्नुभएकाे छ ।

तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरु सहभागि भएका थिए । महोत्सवको समापन समारोहको उद्घाटन काठमाडौं ३ बाट नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसेले गर्नुभएकाे थियाे । फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल कल्चर एण्ड फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदीको सभापतित्वमा भएको थियो । नेपाल चलचित्र विकास बोर्डको हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ठ भएका राष्ट्रिय अन्तराष्ट्रिय फिल्महरुलाई अवार्ड प्रदान गरिएको थियो ।

फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्माताको रुपमा रहनुभएकाे छ ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहनुभएकाे छ । दीर्घ गुरुङले खिचेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन