आज पनि विभिन्न ठाउँमा पानी पर्ने

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं। नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै नवलपरासी पूर्वमा एक सय ५९ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै रुपन्देही र चितवनमा पनि ७० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको दुम्कौली र परासी आसपास भएर बग्ने साना खोलामा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । यस्तै कावासोती र गिरिउवारी क्षेत्र आसपासका खोलामा पनि बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा गएराति मध्यम वर्षा भएको छ । आज पनि देशका सबै प्रदेशहरूका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा हुने अनुमान छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भागहरूमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिमी भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ