काठमाडौं । देशभरको मौसममा सुधार भएको छ ।
अहिले बिहान काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
हिजो पनि काठमाडौंमा घाम लागेको थियो ।
भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।
तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ ।
कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकरदुई ठाउँमा हावारहुरीको सम्भावना छ ।
आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।
दिउँसो काठमाडौं उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ ।