काठमाडौं । लामो समयपछि हावाहुरी र वर्षा भएसँगै काठमाडौं उपत्यकाको प्रदूषण घट्न थालेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सको तथ्याङ्कअनुसार अहिले काठमाडौंको वायु प्रदूषण एक सय ५२ एक्यूआई रहेको छ ।
आज बिहान १९० भन्दा माथि रहेर विश्वको प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौं वर्षा भएसँगै अहिले १०औं स्थानमा झरेको छ ।वर्षा भएपछि देशका विभिन्न ठाउँमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने मौसमविद्ले जनाएका छन । ।पर्सि शनिवारसम्मै मौसम बदली हुने भएकाले राम्रोसँग आकाश खुल्न र घाम लाग्न केही दिन लाग्ने मौसमविद्लको भनाई छ ।
