काठमाडौं l मंगलबार देशका केही ठाउँहरुमा मौसम बदली भएको छ । मंगलबार दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । पहाडी क्षेत्रमा पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ । मधेश प्रदेशमा तथा तराई क्षेत्रमा मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।