हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र लुम्बिनी प्रदेशको तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाकानुसार दिउँसोमा कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
रातीमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।