हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र (Deep Depression) को आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकानुसार आज दिउँसोमा कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीमा देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।