fbpx

शान्ति सम्झौताका लागि रुसलाई आफ्नो कुनै पनि भू–भाग दिदैँनौ : राष्ट्रपति जेलेन्स्की

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो कुनै पनि भू–भाग दिन नसकिने बताउनुएको छ ।

उहाँले रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनुभएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले पश्चिमा देशको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले वसन्तयामको आक्रमण सुरु भइसकेको भन्दै युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्ने बताउनुभएको छ । रुसले हतियारको भाषामात्रै बुझ्ने जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने बीबीसीको प्रश्नमा उहाँले युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको जवाफ दिनुभयो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ अर्थात् एक हप्तापछि एक वर्ष पूरा हुँदैछ । तर पनि युद्ध रोकिने कुनै सङ्केत छैन । युद्धबाट भएको क्षतिको स्वतन्त्र पुष्टि भएको छैन ।

रुसी रक्षा मन्त्री सेर्गेई सोइगुले गएको सेप्टेम्बरमा झन्डै छ हजार रुसी सैनिकको ज्यान गएको बताउनुभएको थियो । त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर २ मा राष्ट्रपति जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजारसम्म युक्रेनी सैनिकको ज्यान गएको बताउनुभएको थियो ।

युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने बताएको छ । ज्यान गुमाउने गैरसैनिकको सङ्ख्याको बारेमा भने स्वतन्त्र पुष्टि भएको छैन । युद्धका कारण युक्रेनमा भौतिक संरचनाको ठूलो क्षति भएको छ ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि