आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं : मन्त्री गिरी

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम शुरु गरेको बताउनुभएको छ ।

सोमवार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भएपनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताउनु भयो । उहाँले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम गर्दैछौँ । म स्वास्थ्य क्षेत्र रोजेर आएको हो । अझै यो आकर्षण मन्त्रालय मानिदैन । यहाँ हत्तपत्त कोही जान पनि तयार हुँदैन । आउँदा अत्यन्तै स्वच्छ छवि भएर मन्त्री आउँछन् जाँदा कालो दाग, धब्बा लागेर फर्किन्छन्, गल्ती नगर्दा पनि आरोप खेपेर फर्किने ठाउँ हो । तर पनि फोहोर सफा गर्न फोहोर भित्र पस्नुपर्छ ।

त्यो बुझेरै म यहाँ आएको हुँ । मेरो नेतृत्वले मलाई रोजाएर जिम्मेवारी दिएको हो । कालो चिया पनि मेरो गोजीबाट खाएर स्वास्थ्य क्षेत्रको परिवर्तन गर्छु भन्ने संकल्पका साथ आएको हुँ । काहीँबाट मेरो मन्त्रीको नाममा ब्ल्याकमेलिङ गरेको छ भने कसैले धन्दा गरेको छ भने कानमा सुनाइदिनुहोला, त्यस्ता धन्दा गर्नेलाई तत्काल कारबाही गर्नेछु ।’

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा ५ लाख सम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको बताउनु भयो । उहाँले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको बताउनु भयो । उहाँले जस्तोसुकै दीर्घ रोगीहरुको निःशुल्क उपचार गर्नेगरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको बताउनु भयो । उहाँले उत्कृष्टता स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको भन्दै बीमा गराउनेहरु घरदैलो गरेर बीमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गरिब जनतालाई स्वास्थ्य सेवामा पहुँच स्थापित गर्नका लागि एउटा स्वास्थ्य बीमाको कार्यक्रम आवश्यक छ । अब यो बीमा गराउनेहरु घरदैलो गरेर बीमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । कहाँ बीमा गर्न पाइन्छ भनेर मान्छेहरु खोज्दै आउने स्थितिको निर्माण गर्नुछ ।

त्यसका लागि कहाँका नीतिहरुमा रिभ्यु गर्नुपर्ने हो, रिभ्यु गरौँ, आकर्षक संसारका मोडेलहरु नेपालमा एप्लाइ गर्नुपर्छ । एउटा उत्कृष्टता स्वास्थ्य बीमा कार्यक्रम हामी लागू गर्दैछौँ । यो अहिलेको १ लाख बीमाले केही हुँदैन । यसले कोही यहाँ आउँदैनन् । सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दैछौँ । जस्तोसुकै दीर्घ रोग लागोस् त्यसको निःशुल्क उपचार हुनेगरी त्यसको आधार निर्माण गर्नुपर्छ । आउने आर्थिक वर्षको बजेटसम्म पुग्दा कम्तिमा ५ लाख सम्मको बीमा गर्नेगरी त्यसको आधार निर्माण गर्छौं ।’

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताउनु भयो । उहाँले सातै प्रदेशमा डायलसिस सेवाका लागि प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । मन्त्री गिरीले अबको तीन महिनाभित्र नै सातै प्रदेशमा डायलसिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय निजामति ऐनको कुरा आयो, स्वास्थ्य सेवा ऐन छुट्टै चाहिन्छ भन्नुभएको छ, ल्याऔँ, कसरी ल्याउनुपर्छ ल्याऔं, स्वास्थ्यका कर्मचारीको वृत्ति विकासका लागि राजमार्गहरु खुला हुनुपर्छ, त्यो वातावरण हामीले बनाइदिनुपर्छ । वृद्धि विकासको वातावरण नबनाउने र एक ठाउँमा बसेर काम लगाइरहँदा मान्छेहरु काम गर्न राम्रोसँग सक्दैन । अब सातै प्रदेशमा डायलसिस गर्न प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछौँ । त्यसको पूर्वाधार हामी यही दुई, तीन महिनामा सहज रुपमा गर्नेगरी सातै प्रदेशमा गर्दैछौँ ।’

मन्त्री गिरीले अस्पतालका सबै सेवाहरु डिजिटलाइट प्रणालीमा लैजाने दाबी गर्नुभयो । स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले ५ जना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सवारी अनुमति पत्र अब ३ दिनमै दिने मन्त्री श्रेष्ठ...

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन’

नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्नुपर्छ :...

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेट, भोलि सत्ता गठबन्धनको...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

सरकारले रंगमञ्चलाई वास्ता नगरेको अभिनेता खनालको गुनासो

काठमाडौंमा चैत १७ देखि फ्लोरा एक्स्पो हुँदै

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित

बैशाख १ मा आउने प्रदर्शन हुने फिल्म ‘बिहे पास’...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, चैत्र १३, २०७९

२०.१५°

-
Clouds