‘विधिसम्मत रुपमा महासभा बोलाउँछौँ, भ्रममा नपर्नुस्’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । विश्व हिन्दु महासंघले विधिसम्मत रुपमा महासभा बोलाउने प्रतिवद्धता व्यक्त गरेको छ । 
विधिसम्मत रुपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानून विपरित भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरुलाई आग्रह गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका महासचिव उत्तमराज भण्डारीले विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई अध्यक्ष चुनेको र अध्यक्ष भण्डारीकै नेतृत्वको कार्यकारिणी समितिले महासंघको महासभा बोलाउने भएको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले संस्थाको तर्फबाट अनधिकृत रुपमा महासभा बोलाएको र संस्थामा आफ्नो स्वार्थपूर्तिका लागि नेतृत्व छनोट गर्नेजस्ता काम पाटन उच्च अदालतले रोकिदिएको भन्दै अब विधिसम्मत रुपबाट अघि बढ्न आग्रह गर्नुभयो । 

त्यस्तै विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले विश्व हिन्दु महासंघ पक्ष÷विपक्षमा उभिनु नराम्रो भएको भन्दै सबै एक भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले बाध्यात्मक परिस्थितिका कारण सञ्चारकर्मीहरुमाझ महासंघको बारेमा यथार्थ बुझाउनुपरेको बताउन भयो । 


उहाँले भन्नुभयो, ‘ओंकार परिवारको एउटा सर्वोच्च संस्था आज पक्ष, विपक्षमा भएर अदालतमा पुग्नु भनेको आफैँमा नराम्रो हो । यो बाध्यात्मक परिस्थिति हो, यो दुःखको कुरा हो । उच्च अदालत पाटनले गरेको फैसला स्वागतयोग्य छ ।’

उहाँले महासंघले अन्तर्राष्ट्रिय संघ,संस्थाहरुसँग समेत परामर्श गरी विधान बमोजिम कार्यकारिणी समितिबाट महासभा बोलाउने स्पष्ट पार्नुभयो ।  


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...