fbpx

किसानको संरक्षणको लागि संघ र स्थानिय तह संग समन्य गरेर अगाडि वढ्ने मन्त्री बेद वहादुर गुरुङको भनाइ

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकी प्रदेशका कृषि उर्जा तथा जलश्रोत मन्त्री बेद वहादुर गुरुङले बास्तविक किसानहरुको अवस्था दर्दनाक अवस्थामा रहको र त्यसको लागी प्रदेश सरकारले निती बनाएर अगाडि वढ्ने बताउनुभएकाे छ । गण्डकी प्रदेशका किसानहरुको संरक्षणका लागि संघ र स्थानिय तह संग समन्वय गरेर अगाडि बढ्ने उहाँको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताउनुभएकाे हाे । मन्त्री गुरुङले किसानहरुको संरक्षणका लागि प्रदेश सरकारको मुख्यमन्त्री सहित सिंगो मन्त्रीपरिषदको ध्यान केन्द्रीत भएको समेत बताउनुभयाे ।

किसानहरुले बजारमा भाउ पाउन नसक्नुको मुख्य कारण बजार नियन्त्रण गर्ने संयन्त्र निर्माण हुन नसक्नु रहेको बताउँदै त्यसका लागी छिट्टै संयन्त्र निर्माण गरी अगाडि बढ्ने उहाँको भनाइ रहेको थियो । खुल्ला नाकाका कारण स्थानिय उत्पादनले भाउ पाउन नसकेको बताउँदै गण्डकी प्रदेश मासु र दुधमा आत्मनिर्भर भनिएको भएतापनि बाहिरी उत्पादन संग प्रतिस्पर्धा गर्न नसक्दा आफ्नो उत्पादनले बजार नपाएको र नाकामा बाहिरबाट उत्पादन भएको बस्तु रोक्नलाई संविधानमा उल्लेख नभएकाले यसबारेमा आफुले मुद्धा उठाएर गण्डकी प्रदेशको मुख्य नाका पाल्पा र आंबुखैरेनीमा चेकपोष्टको ब्यवस्था गरी कृषक र उत्पादनलाई संरक्षण गर्ने गरी विष्तृत अध्ययन गर्ने समेत बताउनुभयाे ।

संघ, प्रदेश र स्थानिय तहबीच समन्वय र सहकार्य भनिएतापनि त्यसअनुरुप हुन नसक्दा कर्मचारी दरबन्दी पुरा हुन नसकेको बताउँदै मन्त्री गुरुङले कृषि अनुदानबाट कृषकहरुले राहत पाउन नसकेको र त्यसलाई परिवर्तन गरेर अगाडि बढ्ने उहाँको भनाइ रहेको थियो ।

कृषि उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले कृषि अनुदानको मोडालिटि परिवर्तन गर्न आफुहरु लागिरहेको बताउनुभयाे । कर्मचारी दरवन्दी ठुलो समस्याको रुपमा आउनुको मुख्य कारण प्रदेश नियमावली आउन नसक्नु भएको बताउँदै हुमागाइले कर्मचारी दरबन्दीका लागि प्रदेश लोक सेवा आयोगले काम गर्न नसकेको र फागुन भित्र यसको किनारा लाग्ने उहाँको भनाइ रहेको थियो । त्यसैगरी स्थानिय तहको पदपूर्ति प्रदेश सरकारको बसमा नरहेकाले यसलाई विधि बनाएर अगाडि वढाउन आवश्यक रहेको समेत बताउनुभयाे ।

दुरदराजका तहहरुमा दरवन्दी पूर्ती गर्न नसकिरहरदा प्राविधिक सेवालाई गाउँगाउँमा पुर्याउन नसक्दा समयमा रोगको पहिचान गराउन नसकेकै कारण रोगको न्युनिकरण भन्दापनि नयाँ रोगहरु चुनौतीको रुपमा आइरहेको समेत उहाँको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय अध्यक्ष डाक्टर शितलकाजी श्रेष्ठले कर्मचारी दरबन्दी तोकिएको भएतापनि कर्मचारी अभावका कारण कृषि र पशुपालनको क्षेत्रमा उल्लेख्य परिवर्तन हुन नसकेको बताउँदै प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । कृषि प्रधान देश भनिएतापनि तीन तहको सरकारले पांच वर्ष विताइसक्दापनि यसबारेमा कुनैपनि सरकारको ध्यान पुग्न नसकेको उहाँको गुनासो रहेको थियो ।

नेपाल ह्याचरि संघ गण्डकीका अध्यक्ष मोति प्रसाद पौडेलले खुल्ला सिमाका कारण बास्तबिक किसानको उत्पादनले बजारमा मुल्य नपाएको बताउँदै यस्तै प्रकृया अगाडि बढे कृषकहरुले पनि आत्मदाह गर्ने अवस्था आउने बताउनुभयाे । त्यसैगरी बास्तबिक किसानहरुले भन्दापनि नया किसानहरुलाई मात्र सरकारले कृषि अनुदान दिइरहेकाले बास्तबिक किसानहरु मारमा परिरहेको र बास्तबिक किसानहरु अझैपनि अनुदानको बारेमा अनविज्ञ रहेको उहाँको भनाइ रहेको थियो ।

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डाक्टर केदार राज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. प्रेरणा सेढाई भट्टराई र पशु चिकित्सक डा. राजेश चौधरीले एशोसिएसनले गरेको कार्यप्रगति चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिएभने कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. शोभा शर्माले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने कार्यक्रमको सञ्चालन डाक्टर सोनिया गुरुङले गर्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि