खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र बढ्दो द्वन्द्वका कारण सरफाई जस्तो आधारभुत अवश्यकता पूरा हुन नसक्दा मानव जीवनमा खतरा बढ्दै गएको बताउनुभएको छ ।
मंगलवार ‘विश्व शौचालय दिवस–२०२४’को अवसरमा काठमाडौं आयोजित कार्यक्रमलाई सम्बोधन गनुहुँदै मन्त्री यादवले सरसफाईको आधारस्तम्भ शौचालय भएको उल्लेख गर्दै सार्वजनिक स्थानमा शौचालय निर्माण गरि निरन्तर प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले शौचालय नितान्त व्यक्तिगत सरसफाई र स्वच्छताको केन्द्रबिन्दुमा रहेको भौतिक संरचना मात्र नभई आत्मसम्मान र सुरक्षाको लागि आधारभुत आवश्यकता भएको बताउनु भयो । उहाँले प्रदुषणरहित वातावरण सिर्जना गर्न तथा प्रदुषणजन्य सरुवा रोगहरु र सरसफाईको कमिले निम्त्याउने रोगहरु नियन्त्रणका गरि वातावरण सुरक्षित गर्न ठूलो योगदान दिएको कारण शौचालय समृद्धिको सूचक भएको उल्ल्ेख गर्नुभयो ।
उहाँले भन्नभयो,‘बाटोमा अझैपनि सार्वजनिक सौचालय पाउन मुस्किल पर्छ । त्यसैले हामीले सार्वजनिक शौचालयका विषयमा धेरै काम गर्न बाँकी छ । चिया पिउने बाहानामा बाटोमा रहेका होटल तथा रेष्टुरेण्टमा सौच गर्न जानुपर्ने बाध्यता हुन्छ । त्यसैले सबैले सार्वजनिक स्थानमा सौचालय निर्माण गरि निरन्तर प्रयोगमा ल्याउन आवश्यक छ । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र बढ्दो द्वन्द्वका कारण विश्वका अर्बौं मानिसका लागि सरफाई जस्तो आधारभुत अवश्यकता पूरा हुन नसक्दा खतरा बढ्दै गएको छ । सरसफाई मानव अधिकार हो । सरसफाईको आधारस्तम्भ शौचालय हो । सौचालयले प्रदुषणरहित वातावरण सिर्जना गर्ने तथा प्रदुषणजन्य सरुवा रोगहरु र सरसफाईको कमीले निम्त्याउने रोगहरु नियन्त्रणका गरी वातावरण सुरक्षित गर्न ठूलो योगदान दिएको छ । शौचालय एउटा समृद्धिको सूचक पनि हो । यसले मानव अकिार, व्यत्तिगत आत्मसम्मानमा समेत सहयोग पुर्याइरहेको हुन्छ ।’
सुधारिएको शौचालय सुविधाले नेपालमा बालबालिकाहरुमा झाडापाखाला जस्तो महामारी न्युृनिकरण गर्न महत्वपूर्ण योगदान दिएको मन्त्री यादवको दाबी थियो ।
—न्युज एजेन्सी नेपाल