काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएकाे छ। शहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।
भेटमा उपप्रधानमन्त्री सिंहले प्राकृतिक विपत्तिका बेलामा पुर्याएको सहयोग र भूकम्पीय जोखिमका बारेमा अध्ययन गर्न सहयोग गरेकोमा प्रशंसा गर्नुभयाे। उहाँले आगामी दिनमा शहरी विकासमा वैज्ञानिक अध्ययन अनुसन्धान मार्फत सहकार्य गर्न र जलवायु मैत्री हिसाबले शहरीकरण गर्दै फोहोर मैला व्यवस्थापनमा समेत नेपालले जापानसँग सहकार्य गर्न चाहेको बताउनुभयाे ।
भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।