fbpx

महानगरको आयोजनामा वडास्तरीय भलिबलमा आज क्वाटरफाइनल र सेमिफाइनलका खेल हुने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयाे । प्रमुख आचार्यले खेलाडीहरूको क्षमता अभिवृद्धिसहित थप अवसर सृजना गर्न बेलाबखत प्रतियोगिता भइरहनुपर्ने बताउनुभयाे । खेलकुदले अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रमुख आचार्यले व्यक्त गर्नुभयाे ।

पहिलो दिन सोमबार पुरुषतर्फका ८ खेल भए । जसमा पोखरा–२३ ले पोखरा–१५,पोखरा–२४ ले पोखरा–१४, पोखरा–१६ ले पोखरा–७, पोखरा–१८ ले पोखरा–३१ लाई सोझो सेटमा, पोखरा–२० ले पोखरा–१९ लाई, पोखरा–२१ ले पोखरा–३३ लाई, पोखरा–३२ ले पोखरा–२२ लाई, पोखरा–२५ ले पोखरा–२८ लाई २–१ को सेटमा पराजित गरे । खेल जितेको पोखरा–२५ को टिमलाई प्रोटेस्ट परेपछि पोखरा–२८ स्वतः क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल र सेमिफाइनलका खेल मंगलबार हुने छन् । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार दिउँसो हुनेछ । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिमको सहभागिता छ । यस प्रतियोगितामार्फत उत्कृष्ट टिम घोषणा गरिने छ जसले पछि हुने अन्तर नगरपालिका भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाकोतर्फबाट सहभागिता जनाउने छ ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो