युद्धग्रस्त पाकिस्तानबाट नेपालमा २५ करोड बढीको समान आयातः मसला, स्याम्फुदेखि औषधिसम्म

author

समाचारपाटी

१ हप्ता अगाडि

यतिबेला पाकिस्तान अशान्त छ । बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको गरेको छ । भारत प्रशासित कश्मीरमा एक नेपाली र अन्य २५ पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात दिल्लीले उक्त हमला गरेसँगै पाकिस्तान अशान्त छ । 

पाकिस्तान अशान्त बनिरहँदा नेपाल–पकिस्तानबीचको व्यापारिक सम्बन्धमा असर पर्नसक्ने खतरा बढेको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि चैत मसान्तसम्मको तथ्यांकले नेपाल र पाकिस्तानबीचको व्यापारिक सम्बन्ध उच्च देखिन्छ । खासगरी पाकिस्तानबाट नेपालमा मसला, स्याम्फुदेखि औषधिसम्म आयात भएको देखिन्छ ।  

तथ्यांकअनुसार चैतसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको देखिन्छ भने केवल ६ करोड २२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यसले १९ करोड २४ लाख रुपैयाँको व्यापार घाटा देखाउँछ ।
नेपालले पाकिस्तानबाट मसला, औषधिय जडीबुटी, औषधि, सौन्दर्य प्रशाधन र रासायनिक पदार्थजस्ता विविध वस्तु आयात गर्छ । सबैभन्दा धेरै आयात हुने वस्तुमा मसला हो । नेपालले ५ करोड ३८ लाख बराबरको मसला यो अवधीमा आयात गरेको छ । त्यस्तै औषधिजन्य जडीबुटी २ करोड ४६ लाख, फेस क्रिम १ करोड ४० लाखको नेपालले पाकिस्तानबाट आयात गरेको देखिन्छ ।
औषधिमा एन्टिबायोटिक र हर्मोनका औषधि र रासायनिक वस्तुहरूमा सोडियम बाइकार्बोनेट पनि पाकिस्ताबाट नेपालमा उल्लेख्य मात्रामा आयात हुन्छन् । कालो नुन, चुरोट, साबुन र प्लास्टिकका सामानजस्ता वस्तुहरू पनि आयातको सूचीमा छन् ।
लामो समयसम्म युद्ध चर्किदै गए पाकिस्तानबाट समान नआउँदा यी वस्तुको हाहाकार हुने खतरा बढेको छ । 
पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार लाहोर र कराचीजस्ता ठूला शहरहरूका हवाई क्षेत्र बन्द गरिएको छ । यस क्षेत्रमा ठूला विमानस्थलहरू पर्दछन् जस्मा इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थल पनि पर्दछ । ति क्षेत्रमा हवाई उडानहरूमा ठूलो असर परिसकेको छ र उडानहरूको निगरानी राख्ने वेबसाइट फ्लाइटरेडार २४ का अनुसार कतिपय विमानहरू पाकिस्तानबाट ‘डाइभर्ट’ भएका छन् । 

सामाजिक सञ्जालमा राखेको विवरणमा उक्त वेबसाइटले फिनएअर, एमिरेट्स, टर्किश कार्गो र साउदी अरेबियाका विमानहरू अन्यत्र मोडिएको जनाएको छ । एक वक्तव्य जारी गर्दै एअर फ्रान्सले भनेको छ उसले अर्को सूचना नभएसम्म पाकिस्तान माथिका उडानहरू रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान