विपी स्मृति पुस्तकालय गण्डकी प्रदेश विधिवत दर्ता, अध्यक्षमा माधवप्रसाद बास्तोला

author

समाचारपाटी

२ years अगाडि

पोखरा। विपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश विधिवत दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा पुष २८ गते संस्था दर्ता गरिएको हो ।

संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली कांग्रेस गण्डकी प्रदेशका पार्टी सभापति एवम् पुस्तकालयका संरक्षक शुक्रराज शर्मा, महामन्त्री एवम् संरक्षक विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालयका अध्यक्ष एवम् नेपाली काँग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला मधुलाई हस्तान्तरण गर्नुभयो ।

वी.पी.का राजनीतिक एवम् साहित्यिक दस्तावेजसँगै विभिन्न खोज तथा अनुसन्धानात्मक कृतिको संग्रहसँगै प्रदेशकै एउटा अध्ययनको केन्द्रका रुपमा पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिइएको पुस्तकालयका संरक्षक एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । “पुस्तकालय विपीका सम्बन्धमा शोध तथा अनुसन्धान गर्नेका लागि पनि महत्वपूर्ण गन्तव्य हुनसक्छ”, उहाँले भन्नुभयो ।

पुस्तकालयसँगै नेपाली काँंग्रेस गण्डकी प्रदेशले स्थापनाको लक्ष्य लिइएकोे ५० लाख रुपैयाँको अक्षयकोषबाट गण्डकी प्रदेशमा प्रजातन्त्रका लागि विशिष्ट योगदान गर्ने ११ वटै जिल्लाका ११ जनालाई वार्षिक रुपमा २५ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने लक्ष्य लिइएको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको अगुवाईमा नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारीहरु संरक्षक रहने गरि स्थापित पुस्तकालयको तदर्थ समितिको अध्यक्षमा माधव प्रसाद बास्तोला, प्रा.डा. कुसुमाकर न्यौपाने उपाध्यक्ष, सूर्यबहादुर क्षेत्री सचिव, शिरोमणि बराल कोषाध्यक्ष, कविता तिवारी सहसचिव र सदस्यहरुमा कमल सापकोटा, दीपेन्द्र पराजुली, डा. रघुराज काफ्ले, शोभा अधिकारी, शकुन्तला शर्मा, रमेश अधिकारी, अरुण राज पौडेल, पदमबन्धु पोखरेल, दिपक रेग्मी र पदम श्रेष्ठ रहेका छन् ।


काठमाडौं

सोमवार, असार ९, २०८२

२५.९१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन