काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ ।
बुधवार बिहान संसद भवनमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बताउनु भयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज बिहान प्रधानमन्त्रीसँग बसेर हामीले छलफल गरेका थियौँ । हामीले उठाएका कुराहरु बजेटको प्रणालीमा सुधार गर्नेकुरा सम्बोधन गर्ने भनेपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ ।’