fbpx

माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

author

समाचारपाटी

१ महिना अगाडि

हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१,को सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुक ब. तामाङले बताए । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।

माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न-९, का अध्यक्ष हरि ब. क्षेत्रीले स्थानियमा उत्साह उमंग देखिएको छ, त्यसैले प्रतियोगिताले समग्र माछापुच्छ्रे गा.पाको खेलकुद क्षेत्रको विकास सँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरे ।

माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए । पुरुष भलिबल तर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ ।

भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ । कार्यक्रमको अन्य आकर्षणको रुपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा नृत्य,गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् । साथै आधारभूत विघालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,रस्साकस्सी, घोडा दौड लगायतका बिभिन्न प्रतियोगिता पनि रहने कार्यक्रम संयोजक मोहन सिङ तामाङले बताए ।

माघ ३० गते विहान ठिक ११ः३० बजे पहिलो उद्धघाटन खेल हुने क्लवका सचिब प्रज्वल क्षेत्रीले जानकारी दिए । खेल सिधिङ खेलकुद मेदानमा हुनेछ् ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन