fbpx

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा तीन विभागिय टोली सेमिफाईनलमा

author

समाचारपाटी

१ year अगाडि

तीन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

शुक्रबार भएको क्वाटरफाईनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोश्रो सेट २१–२५ ले गण्डकीलाई सुम्प्यो । तेश्रो सेट २५–१० ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले चौथो सेट सर्घर्षपूर्ण खेलमा २६–२४ ले आफ्नो पक्षमा पार्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अर्को विभगिय टोली एपिएफ पनि बागमतीको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । एपिएफले केशवलाललाई २५–१४, २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएको हो ।

यसै गरि अर्को विभागिय टोली नेपाल पुलिसले पनि सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ । पुलिसले भारतीय खेलाडी सम्मिलित दावाँली मिलन केन्द्रलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले पराजित गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला तर्फ पनि आर्मी समूह विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । समूह बी को आज भएको खेलमा आर्मीले एपिएफमाथि निकै रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाईलमा स्थान पक्का गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको सेनाले दोश्रो र तेश्रो सेट १९–२५, १३–२५ ले गुमाउन पुग्यो । चौथो सेट २५–२२ र पाँचौ सेट १५–५ ले जित्दै समूह विजेता बनेको हो । यस्तै यसै समूहको आज भएको अर्को खेलमा गण्डकीले कृष्ण स्पोर्टस् एकेडेमीमाथि २५–८, २५–१०, २५–५ ले पराजित गर्दै लिगको लागि छनोट हुन सफल भएको छ ।


काठमाडौं

मङ्लबार, बैशाख ४, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन