fbpx

मधेस प्रदेशलाई पराजित गर्दै हेल्प नेपाल समूह विजेता

author

समाचारपाटी

२ years अगाडि

टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । क्वाटरफाईनल प्रवेश गरि सकेको समूह डी मा रहेको हेल्प नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ समूह विजेता बनेको हो । विहिवार भएका खेलमा हेल्प नेपालले मधेस प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गरेको हो ।

यस्तै सोहि समूहबाट समूह उपविजेताको रुपमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्र क्वाटरफाईनल प्रवेश गरेको छ । तीन खेलमा २ जित र एक हार ब्यहोरेको केशवलाल स्मृतीको ६ अंक रहेको छ । विहिवार भएको खेलमा केशवलाल स्मृतीले बुढानिलकण्ठ भलिबल क्लबलाई २७–२५, २५–१८ र २५–१६ ले पराजित गरेको हो ।

समूह सी तर्फ गण्डकी प्रदेश समूह उपविजेता बन्दै क्वाटरफाईनल प्रवेश गरेको छ । गण्डकीले तीन खेलमा दुई खेल जित्दै ६ अंकका साथ क्वाटरफाईनल यात्र तय गरेको हो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–९ र २५–१० ले पराजित गर्न सफल भएको हो । यस समूहमा तीनै खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब टिम बिजेता बनिसकेको छ ।

यस्तै महिला तर्फको समूह ए को खेलमा समूह विजेता र उपविजेताको छिनोफानोका लागि भएको प्रतिस्पर्धामा पुलिसले विजेताको उपाधी हात पार्यो । आज सम्पन्न खेलमा साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो । पुलिसले न्यू डायमण्डलाई २५–२२, २२–२५, २५–१४, २३–२५ र १५–१० को संघर्षपूर्ण जित निकालेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला समूह बी को खेलमा एपिएफले वियय प्राप्त गरेको छ । एपिएफको यो लगातार दोश्रो जित हो । पहिलो खेलमा गण्डकी प्रदेशलाई जितेको एपिएफले आज कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–४, २५–६ र २५–३ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाउन सफल भएको हो । अव समूह विजेता र उपविजेताको टुङ्गो भोली आयोजना हुने सेना र एपिएफको प्रतिस्पर्धाबाट लाग्ने छ ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन