राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुलिस समूह विजेता,

author

समाचारपाटी

२ years अगाडि

नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । समूह सी को पुलिसले आफुले खेलेको तीनै खेलमा विजयी बन्दै ९ अंकका साथ समूह विजेता बनेको हो । पुलिसले अन्तिम खेलमा गण्डकी प्रदेश माथि रोमाञ्चक प्रतिस्पर्धामा २५–२३, २५–२१, २४–२६ र २५–१५ को जित निकालेको हो । अव पुलिसले क्वाटरफाईनलमा समूह ए को दावाँली मिलन केन्द्र संग प्रतिस्पर्धा गर्नेछ ।

समूह सी कै अर्को खेलमा ढोरपाटन स्पोर्टस् क्लबले नव प्रवेशी न्यूटन भलिबल एकेडीलाई ३–२ ले पराजित गर्दै अंक बाड्न बाध्य भयो । निकैनै सनसनीपूर्ण खेलमा ढोरपाटनले न्यूटनलाई २५–२३, २५–२०, १८–२५, २२–२५ र १५–९ ले पराजित गर्दै अंक बाडेको हो । एक खेल जित र एक खेल हारेको ढोरपाटनको २ अंक भएको छ भने न्यूटनको १ अंक रहेको छ । यस्तै गण्डकीको ३ अंक भएको छ । ग्रुप सी बाट दोश्रो भएर क्वाटरफाईनलको यात्रा गर्ने अर्को टोलीको छिनोफानो गण्डकी र ढोरपाटनविचको खेलबाट टुङ्गो लाग्ने छ ।

समूह डी को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब दुई खेलमा विजयी बन्दै ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ । पहिलो खेलमा बुढानिलकण्ठ स्पोर्टस् क्लबलाई पराजित गरेको हेल्प नेपालले आज सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल क्लबलाई २५–१८, २५–१८ र २५–१३ ले पराजित गर्दै ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला तर्फको खेलमा समूह बी बाट त्रिभुवन आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा सेनाले गण्डकी प्रदेशलाई २५–११, २५–१० र २५–१५ ले पराजित गर्दै ६ अंकका साथ सेमिफाइनल यात्रा तय गरेको हो । यस अगी सेनाले कृष्ण सेकेन्डरी एकेडेमीलाई पराजित गरेको थियो ।

महिला तर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई २५–१२, २५–१२ र २५–१४ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो । समूह ए मा रहेको एभरेष्ट च्याम्पियनसिपबाट बाहिरिएता पनि क्लबल लिगमा भने छनोट हुन सफल भएको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन