वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयोः विष्णु पौडेल

author

समाचारपाटी

१ year अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताउनुभएको छ । 
वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उहाँले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गर्नुभयो । मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका उपाध्यक्ष पौडेलले काँगे्रस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनि पनि गर्नुभयो । उहाँले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गर्नुभयो । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उहाँले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्याउनु भयो । 

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘यो सरकार चाँही सम्पूर्ण रुपमा असफल भयो । यो सरकार जति दिन बस्छ, जति दिन रहन्छ । देशले सबै क्षेत्रमा सुशासनको क्षेत्रमा, शान्ति सुरक्षाको क्षेत्रमा, राष्ट्रिय स्वाभिमान र राष्ट्रको सम्मान अभिवृद्धिको क्षेत्रमा, संविधानको रक्षा र कार्यान्वयनको क्षेत्रमा, मानव अधिकारको क्षेत्रमा, शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्ने सन्दर्भमा, राजश्व परिचालनका सन्दर्भमा, अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने सन्दर्भमा सबै सन्दर्भमा यो सरकार असफल भयो । यो सरकार जति दिन बस्छ, देशले त्यति दुःख पाउने हो । त्यतिधेरै देश ओरालो लाग्ने हो । यो सरकार असफल सरकार हो । यस्तो प्रकारको सरकार बन्नुपर्छ भन्ने नेपाली जनताको चाहना होइन । नेपाली जनताको जनादेश पनि यो होइन । यो प्रकारको खिचडी सरकार नेपाली जनताले चाहेको होइन । तर अव के छ भने संसदको अंक गणितले यही सरकार बन्यो । यो खिचडी सरकारले देशलाई अगाडि लैजान सक्दैन । यसको कुनै नीति छैन, विचार छैन, विश्लेषण छैन, गन्तव्य छैन, केही पनि छैन । बाँडने र खाने भन्दा यो सरकारको केही पनि छैन । यो असफल सरकार हो । सरकार त असफल भयो । तर सरकार फेर्नका लागि, सरकार बदल्नका लागि संसदको अंक गणितले साथ दिनु पर्छ । त्यो संसदको अंक गणितले साथ दिन्छ कि दिँदैन भन्ने कुरा चाँही एमालेको इच्छाले मात्रै तय गर्दैन । हामी देखिराखेका छौं–सरकारमा सहभागी दलहरु र त्यसका नेताहरुले भनिराखेका छन–यो सरकार असफल भयो । यसलाईं नम्बर दिनुपर्यो भने १० प्रतिशत नम्बर दिन्छु भनिराखेका छन साथीहरु । १० प्रतिशत नम्बर पनि दिने, सरकार पनि बोकेर हिँडने पनि देखेका छौं हामी फेरी । त्यसकारणले प्रश्न के छ भन्दाखेरी यो सरकार असफल भयो भन्ने कुरा स्वयम् सत्तारुढ दलका नेताहरुले पनि भनिरहनु भएको छ । असफल भयो भने यो असफल सरकारलाई बोक्ने किन ? प्रश्न यो हो । तर के छ भन्दाखेरी फेरि पनि नेकपा एमाले जनमतको हिसावले देशको पहिलो पार्टी हो । संसदको सिट संख्याको हिसावले हाराहारीको तर दोस्रो सिट संख्यामा छौं । हाम्रो संख्या सरकार बनाउनका निम्ति र सरकार फेर्नका निम्ति पुग्दैन । पर्याप्त छैन । त्यसले गर्दा यो सरकार कतिसम्म रहन्छ वा रहँदैन भन्ने कुरा संसद भित्रको अंकगणितले तय गर्ने कुरा भयो । तर आम नेपालीले यो क्षेत्र वा त्यो क्षेत्र भन्ने छोडौं । निजी क्षेत्रको कुरा गर्नुस् । युवा विद्यार्थीको कुरा गर्नुस् । बुद्धिजीविको कुरा गर्नुस् । पेशा कर्मीको कुरा गर्नुस् । मजदुर, किसानको कुरा गर्नुस् । सबै क्षेत्र यो सरकारसँग असन्तुष्ट छन । असहमत छ । र, यो सरकारले देशलाई रसातलतर्फ लगिरहेको छ । यो सरकार सम्पूर्ण रुपमा असफल रह्यो ।’

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पार्नुभयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन