fbpx

विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन विकास परियार बने सर्वाेत्कृष्ट

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा ।  पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो । गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो ।

च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे  । यस्तै उपविजेता बनेको रामघाटले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै गन्नी एफसीका विकास परियारले साइकलसहित ट्रफि प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिप कार्की, उत्कृष्ट डिफेन्डरका रुपमा गन्नी एफसीकै हेमन्त तामाङ ट्रफिसहित नगद रु ७ हजारसहित पुरस्कृत बने ।

यस्तै उदीयमान खेलाडीका रुपमा छोरी सुशानका अंकित गुरुङ, सर्वाधिक गोलकर्ताका रुपमा बिगसिटी क्याफे लेकसाइडका आयुष थापा (६ गोल) नगद रु ७ हजारसहित ट्रफिसहित पुरस्कृत भए । अनुशासित टिमको अवार्डबाट नगद रु ९ हजारसहित केआइइसी बुन एफसीलाई पुरस्कृत गरिएको खेल संयोजक सन्तोष गुरुङले जानकारी दिनुभयाे ।

विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका उद्यमी किरण केसी, पुरस्कारदाताहरु, आयोजक संस्थाका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए । गत संस्करणको उपाधि भने लामागाउँ गुम्बाले जितेको थियो ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन