fbpx

आठौं संस्करणको विराट गोल्डकप चैत १५ गतेबाट शुरु हुने

author

समाचारपाटी

१ year अगाडि

‘विराट गोल्डकप’ को आठौं संस्करण यही चैत १५ गतेबाट शुरु हुने भएको छ । विराटनगरको शहीद रंगशालामा चैत १५ गतेबाट गोल्डकप हुन लागेको हो । मंगलवार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले हाल प्रतियोगिताकोे सम्पूर्ण पूर्वतयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ । आयोजकको यस वर्षको गोल्डकपमा नेपाल, भारत र भूटानका गरी कुल १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार गोल्डकपमा भारतबाट २, भूटानबाट १ र नेपालका विभागीयसहित कुल ७ टिमको सहभागिता रहनेछ । आठौं संस्करणको विराट गोल्डकपको विजेता र उप–विजेताले पाउने नगद पुरस्कारको राशी भने आधा घटाइएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार गतवर्षको गोल्डकपमा भएको घाटालाई दृष्टिगत गर्दै यसवर्षको पुरस्कार राशी घटाइएको हो । गतवर्ष प्रतियोगिताको विजेता र उप–विजेताले क्रमशः २० लाख ५१ हजार र १० लाख ५१ हजार नगद पुरस्कार प्राप्त गरेकोमा यसपटक विजेताले ११ लाख र उप–विजेताले ५ लाख ५० हजार रुपैयाँ मात्र प्राप्त गर्नेछन् । गोल्डकप सञ्चालनको सम्पूर्ण पूर्र्वतयारी अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै आयोजकले गोल्डकप सञ्चालनका लागि कुल १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । चैत्र १५ देखि २५ गतेसम्म कुल १० दिन सञ्चालन हुने गोल्डकपको उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु. २१ हजार, म्यान अफ द म्याचलाई ११ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिने व्यवस्था आयोजकको छ । आयोजकका अनुसार यसवर्षको फुटबल प्रतियोगितालाई भने कोशी प्रदेश सरकारले २५ लाख, विराटनगर महानगरपालिकाले १२ लाख र राष्ट्रिय खेलकुल परिषद्ले ५ लाख नगद सहयोग गर्ने भएकोे छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन