fbpx

भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुँदै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताउनुभएको छ । 

शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रीपरिषद्मा पुगेको जानकारी दिनुभएको हो । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको बताउनु भयो । उहाँले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘भिभिआईपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भिभिआईपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई बिस्तारै मिनिमाइज गर्दै लगिएको छ । त्यसलाई बिस्तारै सुधार गर्दै लगिएको छ । अहिले पछिल्लो चरणमा भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रीपरिषद्मा पुगेको छ । त्यसमा यो सवारी भन्ने शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको छ । अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्नेगरी कार्यविधिमा व्यवस्थापन गरिएको छ । बिस्तारै त्यो लागू भएको पछिल्लो चरणमा सम्माननीय राष्ट्रपतिज्युको भिजिटबाट प्रमाणित हुन्छ ।’  

प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसानधनमा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्ने बताउनु भयो ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर