लण्डन । बेलायतमा गत साता सुरु भएको हिंसात्मक प्रदर्शनमा हालसम्म लगभग ४ सय जना पक्राउ परेका छन् । राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले प्रदर्शन चलिरहे गिरफ्तारी दिनानुदिन बढ्ने जनाएको छ।
यसअघि प्रधानमन्त्री केयर स्टारमरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको उल्लेख गरेका थिए। प्लाइमाउथमा हिंसात्मक प्रदर्शनका क्रममा धेरै प्रहरी अधिकारी घाइते भएका बीबीसी समाचारमा उल्लेख छ।
बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा गरिएको डान्स पार्टीमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएपछि भएको हिंसात्मक प्रदर्शनमा कैयौं प्रहरी घाइते भएका छन् ।
यस प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूहबीच झडप भएको जनाइएको छ ।