पाेखरा । सवारी नियम उल्लंघन गर्ने ५० ओटा विभिन्न कम्पनिका मोटरसाईकल र चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन (Modified)तथा ध्वनि प्रदूषण गर्ने गरी तिव्रगतिमा लापरवाही तवरबाट सवारी सााधन चलाई सवारी नियम उल्लंघन गर्ने ५० ओटा विभिन्न कम्पनिका मोटरसाईकल र चालकहरुलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको प्रहरी टोली यहि माघ २६ र २७ गते गरी उक्त मोटरसाईकलहरुलाई नियन्त्रणमा लिएको हो ।

मोटरसाईकल मोडिफाई गरी शान्ति सुरक्षानै भङग गराउने गरी आवाज निकाल्ने जस्ता विभिन्न किसिमका जनगुनासोहरु प्राप्त भएपछि कास्की ट्राफिकले २५ गते बाट अभियाननै सञ्चालन गरी स्वरुप परिवर्तन भएका मोटरसाईकलहरु नियन्त्रणमा लिएको थियो ।
यसरी नियन्त्रणमा लिईएका मोटरसाईकलहरुलाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाई १ हजार देखी ५ हजारसम्म जरिवाना गर्न सकीने व्यवस्था रहेको भएपनि मोडिफाईड सवारी चालकलाई सवारी नियम सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा आफु लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयो ।