fbpx

‘नेपाली जनता र नेपाली नेताहरुले पनि भारतीय आजादीमा सहभागीता जनाएका थिए’:-विमलेन्द्र निधी

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले भारत स्वतन्त्र हुनुमा नेपालीहरुको हात रहेपनि भारतले  कहिल्यै भन्ने नगरेको बताउनुभएको छ । 

सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरुले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताउनु भयो । उहाँले भारतले पनि कहिल्यै पनि नेपालीहरु पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसंग ननिकाल्ने गरेके बताउनु भयो । उहाँले भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकारले सो कुरालाई ओझेलमा राख्ने गरेको बताउनु भयो । उहाँले भारतले नेपालमा लोकतन्त्र ल्याउनमा आफूहरुको सहयोग रहेको मात्रै भन्ने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘भारतको अहिंसात्मक आन्दोलनको जुन गान्धीजीको नेतृत्वमा भएको थियो । त्यसमा भारतीय जनताले त सहभागिता देखाएकै थियो । नेपाली जनता र नेपाली नेताहरुले पनि भारतीय आजादीमा सहभागीता जनाएका थिए । भारतमा यो सन्देश जाओस् । म चाहन्छु खासगरी भारतीय कार्यवाहक राजदुतजीको माध्यमबाट भारतमा जहिले पनि चर्चा हुन्छ, भारतको स्वतन्त्रताको जब कुरा हुन्छ, तब तपाई र तपाईको इतिहास यति मात्रै भन्छ की गान्धीको नेतृत्वमा हामी भारतीय जनताले लडाईंको सफल बनाएका हौँ । थोरै नै ठिक नेपालका हाम्रा पूर्वनेता बिपी, मनमोहन, तत्कालीन धेरै नेताले भारतको आन्दोलनमा गान्धी र अहिंसात्मक आन्दोलनमा सहभागी जनाउने मात्रै नभइ जेलमा बसेका थिए । भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकार यसलाई महत्व दिनको त कुरै छोडौँ तर कुरा नै गर्न चाहँदैनन् । हामीले पनि तपाईहरुलाई स्वतन्त्र रहन सहयोग गरेका छौँ । तपाईहरु नेपालमा हामीले स्वतन्त्रता दियौँ भन्नुहुन्छ । लोकतन्त्र दियौँ तर हामीले गरेको सहयोगको याद गर्नुहुन्न ।’  

नेता निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको बिरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताउनु भयो । प्रणाली बदल्ने जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको बताउनु भयो । 


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन