‘महिनावारीका विषय शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्छ’ :- सांसद विद्या भट्टराई

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नवनिर्वाचित नेकपा एमालेकी प्रतिनिधिसभा सांसद विद्या भट्टराईले महिला प्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकरात्मक बनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताउनुभएकाे छ ।

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिनावारी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे ।

महिलाको प्रजनन अङ्गसँग जोडिएर गरिएका बहसहरु अझैपनि अपहेलित भएका कारण विद्यालयमा शिक्षण सिकाईमै यो विषय समावेश गर्न आवश्यक रहेको बताउनुभयाे । उहाँले बदलिँदो समयमा केहि हदसम्म समाज यस विषयमा सकरात्मक भएपनि पुर्ण रुपमा व्यवहारमा लागु गर्नका लागि राज्यका नीतिनियमहरु बन्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।

कार्यक्रममा ग्लोवल एक्सन नेपालका विके श्रेष्ठले महिलाहरुको शैक्षिक प्रगति, महिलाको स्वास्थ्य प्रजनन प्रति समाजको दृष्टिकोणलाई राज्यले नै अवलम्वन गरिनुका साथै नितिनियममा ध्यान दिनु आवश्यक रहेको बताउनुभयाे ।

त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा डब्ल्यु डब्ल्यु जे गण्डकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनीले अहिले महिनावारीका समयमा परिवार र समाजले रुढीवादी परम्पराका वाहानामा भएका दुव्र्यव्हारलाई लिएर महिलाले उजुरी दिएमा कानुनी दायरामा ल्याउने निति रहेको जानकारी दिनुभयाे । उहाँले राज्यबाट यस विषयमा कानुनी निति बनाएपनि महिनावारीका विषयमा परिवारबाट दुव्र्यव्हार भयो भनेर कसैले उजुरी दिएको छ भन्दै प्रश्न गर्नुभयाे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले समाजमा रुढीबादी परम्पराको बाहानामा महिलाहरु माथी भएका दुव्यवहारका मुद्धाहरु सञ्चार माध्यमकै कारणले धेरै परिवर्तन भएको बताउनुभयाे । उहाँले सुदुरपश्चिममा हुने छाउपडी प्रथा देखि लिएर अहिले यस विरुद्ध राज्यबाट कानुन निर्माण गर्नुपर्ने आवाज उठ्नुमा सञ्चारमाध्यम मार्फत पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयाे । कार्यक्रममा कास्की जिल्ला भित्रका विभिन्न विद्यालयका करिव ५० जना भन्दा वढी शिक्षकशिक्षिकाहरुको उपस्थिती रहेको थियो ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन