fbpx

रोटरी क्लवद्धारा पोखरामा नि:शुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा झण्डै ५ प्रतिशत पोजेटिभ

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको नि:शुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा ८२ जना मध्येमा ३ जना महिलामा पोजेटिभ देखिएको छ ।

पोखरा महानगरपालिका वडा नं १६ मा जुम्लेटीमा आयोजना गरिएको सो शिविरमा सहरी सुविधा भएपनि जनचेतनाको कमीका कारण महिलाहरुले समय–समयमा स्वास्थ्य परिक्षण नगर्दा सो परिणाम आएको पोखरा महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अमृत तिम्सिना बताउनुभयो । पोजेटिभ देखिएका महिलाहरुको थप उपचार गण्डकी मेडिकल कलेजमा उपचार गरिनेछ ।

यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको नि:शुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने योजनामा रहेको रोटरीले आगामी शनिबार सोही शिविर वडा नं ७ मासबारमा गर्ने क्लबका अध्यक्ष दिपेन्द्र शर्माले जानकारी दिनुभयो ।

स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको डिष्ट्रिक मेम्भरसिप चियर सुवास सिग्देलले जानकारी दिनुभयो ।

महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहुँच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने गण्डकी मेडिकल कलेजका संचालक एवं रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले बताउनुभयो ।

अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमलाई मेडिकल कलेजको सहयोग रहेको कुरा डा. अर्यालले बताउनुभयो ।

सो कलेजका प्रध्यापक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्न जरुरी रहेको हुँदा यो अभियान सुरु गरिएको बताउनुभयो । उहाँले नेपालमा १५ वर्ष वा माथिका ११.५ प्रतिशत महिलाहरू पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेको तथ्याङ्क बारे जानकारी दिनुभयो ।

हरेक वर्ष २ हजार २ सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र १ हजार ४९३ जनाले यस रोगबाट मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन