काठमाडौँ । वातावरण विभागले ६ महिना गरेको सवारीसाधनको प्रदूषण परीक्षणमा ३१।८८ प्रतिशत सवारीमा प्रदूषित फेला परेका हुन् । विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ४१४ वटा सवारी जाँच गर्दा १३२ वटामा प्रदूषण फेल भएको जनाएको छ । जाँचका क्रममा फेल भेटिएका सवारीमा बस, स्कुल बस, सामान बोक्ने ट्रक लगायत रहेको विभागले जनाएको छ ।