काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सागको भाउ बढेको देखाएको छ ।
आइतबार कालीमाटीमा रायो सागको भाउ थोकमा ३० देखि ४० रुपैयाँ छ । १५ फागुनमा रायो साग प्रतिकिलो थोक मूल्य १५ देखि २५ रुपैयाँमा किनबेच भइरहेको थियो । अहिले रायो सागदेखि अन्य साग पनि किलोको ७५ रुपैयाँसम्ममा किनबेच भइरहेका छन् ।
यस्तै, पालुंगो साग ५० देखि ५५ रुपैयाँ, चम्सुर साग ७० देखि ७५, तोरी साग ३० देखि ३५ र मेथी साग ४० देखि ५१ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।