fbpx

‘सुन तस्करी प्रकरणमा यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ’:-वर्षमान पुन

author

समाचारपाटी

२ years अगाडि

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो दलका कुनै पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने बताउनुभएकाे छ । छानबिनबाट जो कोही नेता वा व्यक्ति संलग्न भएको देखियो भने न्याय सम्पादनलाई सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ’, पुनले उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्दै पेरिसँडाडामा बुधबार भन्नुभयाे, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।’

पुनले सुनमा तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी रहेको औंल्याउनुभयाे । पुनलाई केही दिनअघि सकिएको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी दिएको छ । यसअघिका इन्चार्ज लीलामणि पोखरेलको बिदाई पनि कार्यक्रममा गरियो । पोखरेल मधेस प्रदेशको इन्चार्जमा सरुवा हुनुभएकाे छ ।

कार्यक्रममा पोखरेलले पुनजस्तो सक्रिय र राजनीतिक कुशलता भएको नेता पाएको भन्दै विशेष प्रदेश समितिलाई बधाई दिनुभयाे । पुनले आगामी निर्वाचनहरुमा देशबाहिरका नेपाली निर्णायक हुने बताउनुभयाे ।

उहाँले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्ने सक्ने अवस्था आएको बताउनुभयाे । पार्टीहरुले यसअघि नागरिकका घरघरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उहाँको भनाइ थियो ।

‘आजको युग प्रविधिको युग हो । पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ’, उहाँले भन्नुभयाे, ‘प्रविधिका कारण अबका निर्वाचनहरुमा देशभित्रका भन्दा विभिन्न शिलशिलामा देशबाहिर रहेका नेपालीहरु निर्णायक हुनेजस्तो देखिएको छ ।’ उहाँले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गर्नुभयाे ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर